भरतपुर महानगरपालिका–१मा गठबन्धन विजयी

0
Shares

चितवन।

भरतपुर महानगरपालिकाको वडा नं १ मा गठबन्धनबाट वडाध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका केशव महर्जन विजयी भएका छन् । उनले एक हजार ३९० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्प्रर्धी शुक्रकुमार श्रेष्ठले एक हजार ३१३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उक्त वडामा तीन हजार २७७ मत खसेको थियो । वडा नं १ को गणना सकिँदै गर्दा गठबन्धनबाट महानगर प्रमुखको उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायम छ । उनले उक्त वडामा १२१ मतले अग्रता लिएकी हुन् । दाहालले एक हजार २०८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका विजय सुवेदीले एक हजार ८७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४३० मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले एक हजार ३६२ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेसहितको गठबन्धनकी हिमला गुरुङले ८७७ मत पाएकी छन् । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।

यस्तै जिल्लाका अन्य पालिकामा रत्ननगर र खैरहनीमा पाँच दलीय गठबन्धनको अग्रता छ भने माडी, कालिका, राप्ती र इच्छाकामनामा नेकपा एमालेले अग्रता कायम गरेको छ ।