बौदीकाली गाउँपालिकाको अध्यक्षमा एमालेका ओझा विजयी



नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रकाश ओझा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली काङग्रेसका केवी रानालाई ४३५ मतान्तरले पराजित गरेका हुन् । एमालेका ओझाले ३ हजार ९७६ मत पाउँदा काङग्रेसका रानाले तीन हजार ५४१ मत पाए ।

 

यस्तै उपाध्यक्षमा नेकपा एमालेकै डिलकुमारी सारु निर्वाचित भएकी छिन् । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसकी धनकान्ति घिमिरेलाई ४५६ मतान्तरले पराजित गरिन् । सारुले ३ हजार ९६२ र घिमिरेले ३ हजार ५०६ मत पाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्