सल्यानमा माओवादी ५, नेपाली कांग्रेस ४ र एमाले १ स्थानमा विजयी


सल्यान ।

सल्यानका ८३ वडामा १० वडाको मतपरिणाम सार्वजनिक भएको छ । माओवादी केन्द्रले ५, नेपाली कांग्रेसले ४ र एमालेले एक वडामा जित हात पारेको छ ।

माओवादी केन्द्रले कुमाख गाउँपालिकाको वडा न १,६,७ दार्मा गाउँपालिकाको वडा न १ र कपुरकोट गाउँपालिका १ मा विजयी भएको छ ।

नेपाली कांग्रेसले बागचौर नगरपालिका १२, छत्रेश्वरी गाउँपालिका वडा न १, त्रिवेणी गाउँपालिका वडा न १, र शारदा नगरपालिका १मा विजयी भएको छ । एमालेले भने कालिमाटी गाउँपालिका ४ मा विजयी भएको छ ।