बाह्रबिसे १ घोर्थलीको अध्यक्षमा कांग्रेस उम्मेदवार प्यानलसहित विजयी


काठमाडौं ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर १ घोर्थलीको अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । नेपाली कांग्रेसका वडाध्यक्ष उम्‍मेदवार आङदोर्जे शेर्पाले ४ सय १५ मत ल्याएर निर्वाचित भएका छन् ।

शेर्पाका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रेमकुमार मगरले २ सय २७ मत ल्याएका छन् । उक्त वडामा ९ सय २७ मतदाता रहेका थिए । यसअघि पनि उक्त वडामा कांग्रेसका कामी शेर्पाले ४ सय मत ल्याएर विजयी भएका थिए ।