गल्छी१ मा गठबन्धनलाई पराजित गर्दै एमालेको प्यनल विजयी

0
Shares

धादिङ ।

स्थानीय तह निर्वाचनको मत परिणाम आउन सुरु गरेको छ  ।गल्छी गाउँपालिका वडा नम्बर १ मा गठबन्धनका उम्मेद्वार लाई पराजित गर्दै नेकपा एमालेले विजयी हासिल गरेको हो ।

नेकपा एमाले उम्मेदवार यदुकुमार खतिवडाले १ हजार १ सय ३५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ए समाजवदीका माधव खतिवडाले ९ सय ९६ मत प्राप्त गर्नुभयो ।

गल्छी गाउंपालिका वडा नम्बर १ मा नेकपा एमालेका वडा सदस्यका उम्मेदवारहरु प्रमिला राना, शोभा रमतेल, गोपाल विश्वकर्मा, महेन्द्र लामीछाने मगर गठबन्धनलाई पराजित गर्दै विजयी भएका छन् ।

ल्छीगाउँपालिका वडा नम्बर मा २ हजार २ सय ८७ मत खसेको थियो ।गल्छी गाउपालिका वडा नम्बर १ मा अध्यक्षका एमालेका प्रत्यासी केदार खतिवडाले (सुर्य) १ हजार ३ सय १२ , नेकपा समाजबादीका कृष्ण हरि श्रेष्ठ  (कलम) ले ७ सय ९२ मत, उपाध्यक्षमा नेपाली काँग्रेसका भाईकाजी तिवारीले (रुख) १ हजार १ सय ६ मत, र नेकपा एमालेका राधा तिमल्सिनाले(सुर्य) ९ सय ९८ मत प्राप्त गर्नु भयो ।