भिमाद १ को वडाध्यक्षमा कांग्रेसका आले निर्वाचित


मिला दरै, तनहुँ ।

भिमाद नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपक आले विजयी हुनुभएको छ । शनिबार सम्पन्न मतपरिणाम अनुसार आले १ हजार ५९ मत प्राप्त गरी विजयी हुनुभएको हो । आले कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएपनि वडा सदस्यहरुमा भने नेकपा एमालेतर्फबाट विजयी भएका छन् ।

अध्यक्षका प्रतिद्वन्द्वी नेकपा एमालेका बलबहादुर थापाले एक हजार दुई मत प्राप्त गर्नुभएको छ । वडा सदस्यमा भने नेकपा एमालेका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो ।

एमालेबाट महिला वडा सदस्यले एक हजार ९६, दलित महिला वडा सदस्यले एक हजार ७८, वडा सदस्यले एक हजार ७२ र एक हजार २०२ मत प्राप्त गरी विजयी भएको शर्माले बताउनुभयो । नेपाली कांग्रेसतर्फ महिला वडा सदस्यका उम्मेदवारले ९४०, दलित महिला सदस्यले ९३६, वडा सदस्यले ८८० र ८८० मत प्राप्त गर्नुभएको छ ।