माछापुच्छे गाउँपालिकाको अध्यक्षमा एमालेका विक्रम गुरुङ अग्रता


कास्की ।

कास्कीको माछापुच्छे गाउँपालिकाको अध्यक्षमा एमालेका विक्रम गुरुङले अग्रता लिएका छन् । उनले नेपाली काग्रेसका मिनबहादुर गुरुङलाई पछिपार्दै अग्रता लिएका हुन् ।

एमालेका विक्रम गुरुङले १ हजार ९२ मत प्राप्त गर्दा नेपाली काग्रेसका मिनबहादुरले १ हजार ६१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा नेकपा एमालेकी सीता तिवारीले १ हजार २८ मत प्राप्त गरेकी छन् । नेपाली काग्रेसकी सीता अधिकारी १ हजार २७ मत प्राप्त गरेकी छन् ।

माछापुच्छे गाउँपालिकामा २० हजार ३ सय १६ जना मतदाता रहेकोमा १५ हजार १ सय ५० जनाले मतदान गरेका छन् । अहिले पनि मतगणना जारी छ ।