ललितपुर महानगरपालिको मतगणना सुरु


ललितपुर ।

ललितपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना सुरु भएको हो ।

ललितपुर महानगरको वडा नम्बर १ को मतपेटिका खोलिएको छ । वडा नम्बर १ बाट सुरु गर्दै क्रमिक रूपमा अन्य वडाको मत गणना हुनेछ ।