मनाङको चामे गाउँपालिकामा गोला प्रथाबाट एमालेको उम्मेदवार विजयी


काठमाडौं ।

मनाङको चामे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कैले गुरुङ विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार फुर्वा छिरिङलाई हराएका हुन् ।

निर्वाचन आयोगका अनुसार अध्यक्षका दुवै उम्मेदवारले बराबर ३०र३० मत प्राप्त गरेका थिए । दुवैको मत बराबर भएपछि विजय घोषणा गर्नको लागि गोला प्रथा गरिएको थियो । गोला प्रथा गर्दा नेकपा एमालेका उम्मेदवार गुरुङ विजयी भएका थिए ।