वडाध्यक्षले नै लुटे मतदाता परिचयपत्र

0
Shares

दोलखा  । 

दोलखाको तामाकोशी गाउँपालिका–१ भीरकोटका वडाध्यक्ष नै मतदाता परिचयपत्र लुटपाटमा संलग्न भएका छन् । मतदान केन्द्रमा मतदाताहरुलाई बाँड्न राखिएको मतदाता परिचयपत्र लुटेर बुधबार दिउँसो वडाध्यक्ष महेश काफ्ले भागेका थिए ।

वडाध्यक्ष काफ्ले १ सय २५ थान मतदाता परिचयपत्र लुटेर फरार भएको केही समयपछि नै प्रहरीले नियन्त्रणमा लिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गंगा पौडेलले बताउनुभयो ।

मतदाता परिचयपत्र बोकेर तिब्र गतिमा दौडिएका काफ्लेलाई मतदान केन्द्रमा खटिएका प्रहरीले तत्काल पक्राउ गर्न नसके पनि केहि समयपछि उनलाई नियन्त्रणमा लिएको हो ।पक्राउ परेका वडाध्यक्ष काफ्लेलाई जिल्ला प्रहरी कार्यालय चरिकोट ल्याइएको उहाँले बताउनुभयो ।