स्मिथ एन्ड स्मिथ र ईसेवाबीच रेमिट्यान्स भुक्तानी सम्झौता


काठमाडौं ।

संसारका दुईसय बढी मुलुकबाट डिजिटल प्रविधिमार्फत सुलभ दरमा नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको ईसेवा मनी ट्रान्सफर र रोमानियाको प्रथम मनी ट्रान्सफर कम्पनी स्मिथ एन्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

सम्झौतासँगै, रोमानियामा अध्ययन, काम तथा बसोवास गर्दै आएका नेपालीहरूले नेपालमा आफ्ना आफन्तजनलाई, स्मिथ एन्ड स्मिथका रोमानिया भरी रहेका कुनै पनि शाखाबाट सीधै नेपालमा सम्बन्धित व्यक्तिको बैंक खातामा पैसा पठाउन सक्नेछन् ।

साथै देशभर ५० लाख प्रयोगकर्ताको सञ्जाल रहेको ईसेवा वालेटमा समेत तुरुन्तै रकम पठाउन सकिने कम्पनीले जनाएको छ । यसै गरी रोमानियाको स्मिथ एन्ड स्मिथबाट आएको रेमिट्यान्स नेपालभर रहेका ईसेवा मनि ट्रान्सफरका १८हजार भन्दा धेरै एजेन्ट-नेटवर्कको सञ्जालबाटसमेत तुरुन्तै प्राप्त गर्न सकिने छ ।

ईसेवा वालेटमा रेमिट्यान्स् पठाउँदा अतिरिक्त ७७ बोनस रकम समेत प्राप्त गर्न सकिने छ । हाल ईसेवा मनी ट्रान्सफरको ’रेमिटोत्सव’ योजना चलिरहेको हुनाले स्मिथ एण्ड स्मिथबाट इसेवामनी ट्रान्सफरमार्फत नेपाल पैसा पठाउँदा दैनिक ५ हजार तथा बम्परमा ५० हजार रुपियाँ जित्न सकिने ईसेवाले जनाएको छ ।

रेमिट्यान्स् भुक्तानी सम्झौतामा ईसेवामनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र स्मिथ एन्ड स्मिथबाट प्रशासक जर्जेटा पोक्नेजले हस्ताक्षर गर्नुभएको थियो ।सम्झौताबारे बोल्दै ईसेवामनी ट्रान्सफरका सीईओ – अजेस कोइरालाले भन्नुभयो–रोमानियामा पहिलादेखि नै नेपालीहरू अध्ययन, काम र बसोबास गर्दै आएका छन् र यस सम्झौता मार्फत हामी उनीहरूलाई डिजिटल माध्यमबाट नेपाल पैसा पठाउन सहज बनाउन चाहान्छौं ।

कम सेवाशुल्कमा तुरुन्तै रेमिट्यान्स पठाउन सकिने भएकाले पनि सेवाग्राहीले स्मिथ एन्ड स्मिथ र ईसेवा मनी ट्रान्सफरमार्फत नै नेपाल रेमिट्यान्स पठाउने कुरामा हामी विश्वस्त छौं उहाँले भन्नुभयो ।स्मिथ एन्ड स्मिथ, सन् १९९९मा स्थापना भएको रोमानियाकै पहिलो मनी ट्रान्सफर कम्पनी हो भने यसलाई सन् २०११ मा रोमानियाको राष्ट्रिय बैंकले पेमेन्ट इन्स्टिट्युसनको मान्यता प्रदान गरेको थियो ।

यस कम्पनीले विगत २० वर्षदेखि ग्राहकहरूलाई १ सयभन्दा बढी शाखामार्फत् सस्तो र शुलभ दरमा छिटो र भरपर्दो मनी ट्रान्सफर सेवा प्रदान गर्दै आइरहेको छ । मल्डोभामा समेत आफ्नो सेवा विस्तार गरिसकेको यस कम्पनी सन् २००७ देखि मनिग्रामजस्तो संसारकै अग्रणी मनी ट्रान्सफर सेवा प्रदायकको एजेन्टसमेत रहेको छ ।