ग्लोबल आईएमई बैंक र वैकल्पिक ऊर्जाबीच सम्झौता

0
Shares

काठमाडौं ।

ग्लोबल आइएमई बैंक तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच विभिन्न सौर्य मिनी ग्रिड परियोजना निर्माण सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता अनुसार नेपाल सरकार तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच प्राइभेट सेक्टर लिड मिनि ग्रिड इनर्जी एक्सेस प्रोजेट सम्पन्न भएको सहायक ऋण सम्झौता बमोजिम आयोजना कार्यान्वयनकालागि केन्द्रले बैंकलाई रकम उपलब्ध गराउने छ ।उक्त रकम ग्लोबल आइएमई बैंकले १ सय पेडब्लुपी सौर्य मिनी ग्रिड परियोजना निर्माण÷जडान तथाविद्युत वितरण कार्यका लागि ऋणको रूपमाउपलब्ध गराउने छ ।

उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले ऋण सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

बैंकले यस्ता किसिमका परियोजनामा लगानी गर्नुका साथसाथै साना तथा मझौला व्यवसायलाई प्रवद्र्धन गर्न विभिन्न वित्तीय सुविधा प्रदान गर्दै व्यवसाय वृद्धिका लागि सहयोग गर्ने लक्ष्य अनुसार यस सम्झौता अन्तर्गत देशको दूर दराजमा सञ्चालन हुने साना परियोजना विभिन्न बैंकिङ्ग सुविधा प्रदान गर्ने छ ।