मुक्तिनाथ विकास बैंकको सीईओमा पुनः पोखरेल



काठमाडौं ।

मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पुनः प्रद्युमन पोखरेल नियुक्त भएका छन् ।

मंगलबार बसेको बैंकका सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालकालागि प्रमुखकार्यकारी अधिकृत (सिईओ) नियुक्त गरेको हो । उहाँ यसअघि २०७५ जेठ १ गतेबाट बैंकको सिईओको जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँको दोस्रो कार्यकाल आगामी जेठ १ गतेबाट लागू हुनेछ।

विगत तीन दशकभन्दा धेरै बैंकिङ्गको क्षेत्रमा अनुभव रहेको पोखरेलले नबिल बैंक, मेगा बैंक नेपालमा उच्च स्थानको नेतृत्वमा विभिन्न जिम्मेवारी सम्हालेका थिए । २०७३ मंसिर १९ गतेदेखि उहां मुक्तिनाथ विकास बैंकमा नायब प्रमुखकार्यकारी अधिकृत भएर प्रवेश गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्