गठबन्धनमा आँच आउने कार्य नगर्न नेता-कार्यकर्तालाई देउवाको आग्रह

कांग्रेसले कहिल्यै धोका नदिने प्रतिबद्धता

0
Shares

विराटनगर ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता–कार्यकर्तालाई गठबन्धनमा आँच आउने कार्य नगर्न आग्रह गरेका छन् । देउवाले गठबन्धन राष्ट्रिय आवश्यक्ता भएको भएको बताउँदै उनले यस्तो आग्रह गरेका हुन् ।

आज (बुधबार) विराटनगरमा नेपाली कांग्रेस मोरङ जिल्ला समितिले आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा कुनै किसिमको आँच आउने गरी काम नगर्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।

उनले कांग्रेसले कहिल्यै धोका नदिने प्रतिबद्धता समेत राखेका छन् । कांग्रेस पार्टीका सभापति समेत रहेका देउवाले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सबै नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।