विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर ऋण दिने

0
Shares

काठमाडौं ।

नेपाललाई विश्व बैंकले थप १५ करोड अमेरिकी डलर दिने भएको छ । नेपालको वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तिय समधानको विविधिकरण गर्न र वित्तीय सेवामा पहुँच बढाउनका लागि विश्व बैंकले उक्त रकम ऋण सहायता स्वरुप नेपालमा उपलब्ध गराउने सम्झौंता गरिएको हो ।

सिंहदरवारस्थित अर्थ मन्त्रालयमा आज (बुधबार) एक कार्यक्रमका बीच अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भासले सो सम्झौंतामा हस्ताक्षर गरेका हुन् ।

कोभिड महामारी, जलवायु परिवर्तनका जोखिमहरुको सम्बोधन गर्नुका साथै डिजिटल भुक्तानी र वित्तीय समावेशीकरणको आयोजनाहरुलाई सम्पन्न गराउन सो ऋण सहायताले सहयोग पु¥याउने अर्थ सचिव मरासिनीले बताए ।