६५ वर्षमै वृद्धभत्ता दिने प्रधानमन्त्री देउवाको आश्वासन

0
Shares

काठमाडौं ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी चुनावमा जिते ६५ वर्षमै बृद्धभत्ता दिने बताएका छन् । कांग्रेस मोरङले आज (बुधबार) विराटनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

देउवाले भने, एमालेले ७० वर्षमा वृद्धभत्ता दिएको र आफूहरूको सरकार आए ६५ वर्षमा नै वृद्धभत्ता दिन्छौँ । त्यस्तै कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावी सभालाई सम्बोधन गर्दै परिवर्तन र संविधानको रक्षाका लागि गठबन्धन आवश्यक भएको बताए । विराटनगर राजनीतिको सन्देश दिने स्थान भएकाले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन समेत उनले आग्रह गरे ।