जनताको विकासकालागि एमाले क्रियाशिल छ : एमाले अध्यक्ष उम्मेदवार खतिवडा



धादिङ ।

एक जना शालिन व्यक्तित्व, जसको अगाडि परेपछि रिसाएर आएको मानिस पनि उहाँलाई हेरेपछि शान्त हुन्छ । यो कुनै आंकलन नभएर गल्छी गाउँपालिका अध्यक्षका उम्मेदवार केदार खतिवडाको वास्तविकता हो ।

गल्छी गाँपालिकाबासीले पंचायतकालदेखि पढेलेखेको नेतृत्व खोजिरहेको बेला उम्मेदवार यतिखेर पाएको छ । गल्छी गाउँपालिका कल्लेरी, गोगनपानीको आधा भाग र बैरेनी मिलेर बनेको छ । बैरेनीबासीले यस अघिको निर्वाचनमा उपाध्यक्ष उम्मेदवार राधा तिमल्सीनालाई मात्र पढे लेखेको र विकासको बुझाइ भएको नेतृत्व चुन्नपाएको थियो ।

यतिखेर गाउँपालिका अध्यक्ष उम्मेदवार २०४९ देखि कल्लेरी गाविस अध्यक्ष भएर थोरै श्रोत हुँदापनि राम्रो काम गर्न सफल व्यक्तिलाई एमालेले समृद्धिका लागि आवश्यक छ भनेर उम्मेदवार बनाएको छ । कल्लेरी निवासी ५७ बर्षिय खतिवडा ब्याचलर सम्मको अध्यायन गर्नुभएको छ ।

२०३६ को बहुदल निर्दलको निर्वाचनमा बहुदलकालागि सक्रिय हुनुभएका खतिवडा २०३७ सालमा अनेरास्ववियुको तर्फबाट पद्मोदय हाइस्कुलमा स्ववियु सदस्य निर्वाचित हुनुभएको थियो ।

२०३८ सालमा एसएलसी उतिर्ण हुँदा देखि तत्कालिन माले पार्टीको सम्पर्कबाट राजनीतिमा भूमिगत कार्यकर्ता हुनुभएको थियो । काठमाडौमा कोठा भाडामा बस्दा हाल एमाले नेताहरु उहाँको कोठामा बसेर राजनीतिक योजना बनाउने गरेको र आफूले राजनीतिमा सक्रिय हुन पाएको बताउनु हुन्छ ।

२०४३ मा गाउँ पंचायतको उपयोगको नीति अनुसार जनपीक्षय उम्मेदवार कल्लेरी गाउँ पंचायतबाट उठाएर दरिलो जिम्मेवारी पुरा गर्नुभएका खतिवडा त्यति खेर जनपक्षीय उम्मेदवारले जित्ने अवस्था आएपछि चुनाव दोहोर्याइएको थियो ।

२०४६ को आन्दोलनमा सहभागी भएपछि उहाँ गाउँ फर्किनु भएको थियो । गाउँमा आएपछि गाउँबासीले रुचाएको मान्छे पढेलेखेको नेतृत्व पाएपछि २०४९ को स्थानीय निर्वाचनमा एमालेको तर्फबाट गाविस अध्यक्ष निर्वाचित हुनुभयो ।

त्यतिखेर गाउँ विकास समितिमा सरकारले रकम नपठाउने गरेपनि गाउँ विकास समितिमा पैसा नभएपछि खासै काम गर्न नसकिएको तर एमालेको ९ महिने सरकार आएपछि गाउँ गाउँमा विकासको लहर ल्याएको अनुभव छ । आफ्नो गाउँ आफैँ बनाउँ कार्यक्रममा गाउँबासी विकासका लागि आफैँ काममा निस्केको अनुभव उहांसंग छ । त्यतिखेर थोरै रकम धेरै काम गर्न सकिएको थियो ।

२०५४ को निर्वाचनमा समेत गाविस अध्यक्ष निर्वाचित भएपछि धेरै काम भयो । सडक, विद्यालय, खानेपानी आदी सार्वजनिक काममा जनताको सहभागितामा गरेपछि यतिखेर चर्चामा रहनुभएका खतिवडा अहिले नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार हुनुभएको छ ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत भइसक्नु भएका खतिवडा अहिले एमाले गल्छी गाउँपालिका कमिटी अध्यक्ष रहनु हुनुहुन्छ । आफू निर्वाचित भएमा गल्छीको विकासकालागि सडकलाई गुणस्तरीय बनाउने, रिङरोडको लागि काम अघि बढाउने, एक घर एक धारा पुरा गर्ने, सामाजिक सुरक्षा भत्ता जनताको नजिकै पुर्याउने, कृषिलाई आधुनिकिकरण गर्ने, अव्यवस्थित खानी व्यवस्थित बनाउने लगायतका कार्यक्रम गाउँपालिका अध्यक्ष उम्मेदवार खतिवडाले ल्याउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्