चुनावी छायाँमा कांग्रेस भ्रातृ संघ-संगठनहरू, पूर्वनिर्धारित अधिवेशन स्थगित

अधिवेशन र महाधिवेशनको कार्यतालिका चुनावपछि तय गर्ने

0
Shares

काठमाडौं ।

प्रमुख सत्तासाझेदार दल नेपाली काँग्रेसले भ्रातृ संघ–संगठनका पूर्वनिर्धारित अधिवेशन स्थगित गरेको छ । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन मुखैमा कांग्रेसले अधिवेशन स्थगित गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयले आज (बुधबार) विज्ञप्ति जारी गर्दै वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी वनाउन खटिनुपर्ने भएकाले अधिवेशन गर्न सम्भव नभएको भन्दै पूर्वनिर्धारित अधिवेशनहरू स्थगित गरेको बताएको छ ।

स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएलगत्तै बैठक बसेर अधिवेशन र महाधिवेशनको कार्यतालिका तय गर्न पनि निर्देशन दिएको छ ।