आईजिपी नियुक्तिविरुद्धको रिटमाथि सुनुवाइ जारी

0
Shares

काठमाढौं ।

नेपाल प्रहरीको महानिरीक्षक (आईजिपी) नियुक्तिविरुद्धको रिट सुनुवाइ सर्वोच्च अदालतले सुरु भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले दायर गरेको रिटउपर न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ सुरु भएको हो ।

एआइजी पोखरेलले १९ वैशाखमा सर्वोच्चमा रिट निवेदन दिएका थिए । रिटमा वरिष्ठलाई छाडेर कनिष्ठलाई नियुक्ति गरिएकाले नियुक्ति बदर गर्न माग गरिएको छ ।