विप्लव पार्टीबाट निष्कासित, नेकपाको संयोजकमा बास्तोला

खड्गबहादुर विश्वकर्मा प्रकाण्ड प्रवक्ताको जिम्मेवारीबाट मुक्त

0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका असन्तुष्ट नेताद्वय धर्मेनद्र बास्तोला र हेमन्तप्रकाश ओली लगायतका नेताहहरूको भेलाले नेत्रविक्रम चन्द ‘विप्लव’लाई पार्टीबाट निष्कासन गरेको छ । चितवनको पर्सामा आज (बुधबार) सुरु भएको असन्तुष्ट पक्षको राष्ट्रिय भेलाले विप्लवलाई महासचिवको जिम्मेवारीबाट र पार्टीबाटै निश्कासन गरेको हो ।

एक केन्द्रीय सदस्यले विप्लवलाई पार्टीबाटै निष्कासन गरेको बताएका छन् भने खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको बताए । उनीहरूको भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको छ ।