नवनियुक्त आईजिपी नियुक्तिविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा



काठमाडौं ।

नेपाल प्रहरीको महानिरीक्षक (आईजिपी) नियुक्तिविरुद्धको रिट सुनुवाइ सर्वोच्च अदालतले तोकेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले दायर गरेको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ तोकेको हो ।

एआइजी पोखरेलले १९ वैशाखमा सर्वोच्चमा रिट निवेदन दिएका थिए । रिटमा वरिष्ठलाई छाडेर कनिष्ठलाई नियुक्ति गरिएकाले नियुक्ति बदर गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्