विप्लवको सनकले नेकपा फुट उन्मुख, हेमन्तप्रकाश र धर्मेन्द्र नयाँ पार्टी खोल्ने तयारीमा



काठमाडौं ।

नेत्र विक्रम चन्द ‘विप्लव’को सनकले नेपाल कम्युनिट पार्टी फुट उन्मुख छ ।

केही दिनअघि नेकपाका नेताद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई विप्लवले पार्टीविपरीत गतिविधि गरेको भन्दै जिम्मेवारी मुक्त गरेका थिए ।

हेमन्तप्रकाश र धर्मेन्द्रलाई विप्लवले जिम्मेवारी मुक्त गरेपछि उनीहरुले बुधबारदेखि छुट्टै राष्ट्रिय भेला सुरु गरेका छन् । तीन दिनसम्म चल्ने राष्ट्रिय भेला चितवन, पर्साको चैतपुरस्थित एक रिसोर्टमा सुरु भएको छ ।

स्रोतका अनुसार उक्त भेलाले महासचिव विप्लवलाई कारवाही गरेर नयाँ पार्टी घोषणा गर्ने तयारी छ । भेलामा पूर्व डिभिजन कमाण्डर दीपक चलाउने र नेता पूर्णबहादुर सिंह पनि सहभागी छन् । चलाउने केही समय विप्लवनिकट थिए ।

प्रतिक्रिया दिनुहोस्