एमाले र कांग्रेस कार्यकर्तावीच झडप, दुवै तर्फ घाइते


नवलपरासी  ।

पूर्वी नवलपरासीमा मंगलबार राती नेकपामा एमाले र कांग्रेस कार्यकर्तावीच झडप भएको छ । झडपमा परी ३ एमाले कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरूको भरतपुरमा उपचार भइरहेको छ । यता नेपाली कांग्रेसले नवलपरासी पूर्वले एक विज्ञप्ति प्रकाशित गर्दै घरदैलो फर्किँदै गरेका आफ्ना उम्मेदवार माथि एमाले कार्यकर्ताले बाटो छेकेर आक्रमण गरेको जनाएको छ ।कांग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसी द्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार एमाले कार्यकर्ता आक्रमणबाट गाउँपालिका अध्यक्ष उपाध्यक्षका उम्मेदवार लगायत केही कार्यकर्ता घाइते भएको जनाइएको छ ।

आक्रमणमा परी घाइते निवर्तमान गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे लगाएका कार्यकर्ताहरूको सदरमुकाम स्थित कालिगण्डकी अस्पतालमा उपचार भइरहेको काँग्रेस नवलपरासीको विज्ञप्तिमा उल्लेख गरिएको छ । घटनामा एमाले कार्यकर्ताहरूले आक्रमण गर्दा अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सवार ग ३ च १६०६ नम्बरको स्कारपियो पूर्ण क्षतिग्रस्त भएको बताइएको छ ।

बताइए अनुसार स्थानीय एक वडाको कार्यक्रम सकेर घर फर्कर्दै गरेका उम्मेदवारहरुको सवारीलाई झ्यालबास बजार नजिकबाट अघि पछि लागेको समूहले ढुंगामुडा र रडले आक्रमण गरेको थियो ।आक्रमणमा परी घाइते नेका उम्मेदवार लक्ष्मी देवी पाण्डेका अनुसार हार मानसिकताबाट ग्रसित समूहले आफू माथि ज्यान मार्ने सम्मको आक्रमण गरेको र घटना निन्दनीय रहेको बताउनु भयो ।