विमानमा बम राखेको हल्ला फैलाउनेलाई खोज्दै प्रहरी

0
Shares

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न लागेको विमानमा बम राखेको भनेर फोन गरी हल्ला फैलाउने अज्ञात व्यक्तिको खोजी कार्य सुरु भएको छ । करिब डेढ घण्टासम्म सुरक्षाकर्मीले प्राविधिक टोलीसहित विमानस्थलमा सर्च गर्दा केही नभेटिएपछि उक्त व्यक्तिको खोजी कार्य सुरु भएको हो ।

फोनमार्फत कसैले हल्ला चलाएको मात्र हुनसक्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी उतमराज सुवेदीले बताए । उनका अनुसार फोन गर्ने अपरिचित व्यक्तिको खोजी कार्य भइरहेको जानकारी दिए ।

सुरक्षामा कुनै पनि खतरा नदेखेपछि करिब डेढ घण्टासम्म अवरुद्ध भनेको विमानस्थल पुन संचालन गरिएको छ ।