त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : उडान भर्न लागेको विमानमा केही नभेटिएपछि पुनः उडान सुचारु

0
Shares

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरिचित व्यक्तिले फोन सम्पर्क गरी बम राखेको बताएपछि हंगामा मच्चिएको थियो । विमानस्थलको नम्बरमा ती व्यक्तिले फोन गरेर आन्तरिक टर्मिनलमा बम राखेको बताएपछि हंगामा मच्चियो ।

त्यसपछि विमानस्थलबाट सबै यात्रुलाई बाहिर ओरालेर सेनाको टोली परिचालन गरिएको थियो भने प्रहरी र सशस्त्र प्रहरी पनि खटिएको थियो ।

सुरक्षा व्यवस्था निकै कडाइका साथ लागु गरिएको त्रिभुवन विमानस्थलमा कुनै पनि शंकास्पद वस्तु नभेटिएपछि उडान भर्न सुरु गरिएको एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।