उडान भर्न लागेको विमानमा बम, यात्रुलाई ओरालेर सर्च, सुरक्षा व्यवस्थामा कडाइ



????????????????????????????????????

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरिचित व्यक्तिले फोन सम्पर्क गरी बम राखेको बताएपछि हंगामा मच्चिएको छ । विमानस्थलको नम्बरमा ती व्यक्तिले फोन गरेर आन्तरिक टर्मिनलमा बम राखेको बताएपछि हंगामा मच्चिएको हो ।

अहिले विमानस्थलबाट सबै यात्रुलाई बाहिर ओरालेर सेनाको टोली परिचालन गरिएका छ भने प्रहरी र सशस्त्र प्रहरी पनि खटिएको छ ।

सुरक्षा व्यवस्था निकै कडाइका साथ लागु गरिएको त्रिभुवन विमानस्थल कार्यालयका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए । उनले उडान भर्न लागेको विमानमा बम राखेको भन्दै फोन आएपछि विमानस्थलमा सेनाको बम डिस्पोजल टोली परिचालन गरेर सर्च अभियान चलाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्