उडान भर्न लागेको जहाजमा बम राखेको फोन आएपछि हंगामा

0
Shares

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरिचित व्यक्तिले फोन सम्पर्क गरी बम राखेको बताएपछि हंगामा मच्चिएको छ । विमानस्थलको नम्बरमा ती व्यक्तिले फोन गरेर आन्तरिक टर्मिनलमा बम राखेको बताएपछि मच्चिएको हो ।

अहिले विमानस्थलमा सेनाको टोली परिचालन गरिएका छ भने प्रहरी र सशस्त्र प्रहरी पनि खटिएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका एसएसपी भीमप्रसाद ढकालले उडान भर्न लागेको जहाजमा बम राखेको भन्दै फोन आएपछि विमानस्थलमा सेनाको बम डिस्पोजल टोली परिचालन गरेर सर्च अभियान चलाइएको बताए ।