आईजीपीविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ हुँदै



काठमाडौं ।

नवनियुक्त प्रहरी महानिरीक्षकविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ ।

केही दिनअघि मन्त्रिपरिषद् बैठकको निर्णयले नेपाल प्रहरीको २९ औँ आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको थियो ।

सिंह नियुक्ति भएको भोलिपल्ट असन्तुष्ट अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका छन् ।

उक्त रिटमा हुने सुनुपाइका लागि आज (बुधबार) सर्वोच्च अदालतले पेशी तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्