तन्त्रविद् राजोपाध्याय सम्मानित


काठमाडौं । 

तन्त्रविद् महेश्वर जुजु राजोपाध्याय त्रिगुणातीत तन्त्र साधना रत्न सम्मानबाट सम्मानित हुनुभएको छ ।नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सोमबार आयोजित तन्त्र चर्चा पुस्तक विमोचन एवं सम्मान समारोहमा डा. जगमान गुरुङले राजोपाध्यायलाई उक्त सम्मानबाट सम्मानित गर्नुभएको हो । कार्यक्रममा तन्त्रविद् प्राध्यापक विद्यानाथ उपाध्याय भट्टलाई तन्त्र विद्या शिरोमणि सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा संयोजक सन्दीप सापकोटाले तन्त्रविद्द्वय राजोपाध्याय र भट्टलाई माला र दोसल्लाले सम्मान गर्नुभएको थियो । कार्यक्रममा ‘बलीको अपरिहार्यता’, ‘विज्ञानले स्वीकारेको शास्त्रीय निर्णयहरूको मन्थन’ र ‘तन्त्र चर्चा’ पुस्तकको विमोचन गरिएको थियो ।कार्यक्रममा संस्कृत व्याकरणाचार्य गजानन्द शर्मा राजोपाध्याय, डा. गुरुङ, बौद्ध विद्वान् धर्मोदय सभाका अध्यक्ष यज्ञमानपति वज्राचार्य, प्राडा वीणा पौड्याल र विनयविक्रम शाहले तन्त्र विद्यामाथि छलफल गर्नुभएको थियो ।