महालक्ष्मी विकास बैंकको विर्तामोड शाखा स-यो

0
Shares

काठमाडौं ।

महालक्ष्मी विकास बैंकको विर्तामोड शाखा हाल रहेको स्थान मुक्तिचोकबाट करिब २सय मिटर दक्षिण भद्रपुर रोडमा स्थानान्तरण भएको छ।

मंगलबार आयोजित एक विशेष कार्यक्रमका वीच उक्त शाखाको उद्घाटन संयुक्त रूपमा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र झापा जिल्ला उद्योग वाणिज्यसँगका अध्यक्ष प्रकाश शिवाकोटीले गर्नूभएको थियो । शाखाको उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाको बाक्लो उपस्थिति रहेको थियो ।

बैँकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकले गर्दै आएको विभिन्न गतिविधिहरु बारे प्रकाश पार्नुभयो । उहाँले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।