यस्तो छ पनौती कांग्रेसको शैक्षिक गुणस्तरमा आमुल परिवर्तन गर्ने योजना



पनौती, काभ्रे ।

नेपाली कांग्रेस पनौतीले शैक्षिक गुणस्तरमा आमुल परिवर्तन गर्न विशेष योजना अघि सारेको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य र आधुनिक र व्यवसायीक कृषिलाई प्राथमिकता दिएर अघि बढेको पनौती काग्रेसले सामुदायीक विद्यालयहरुको गुणस्तर सुधारमा जोड दिने बताएको छ ।

नेपाली कांग्रेसको तर्फबाट मेयरका प्रत्यासी रामशरण भण्डारीले स्थानीय तहमै सामुदायीक विद्यालयहरुमा अन्र्तराष्ट्रि स्तरको शिक्षाको अवसर दिनको लागि सबै विद्यालयमा आवश्यक भवन, फर्निचर, कम्प्युटर, प्रयोगशाला, पुस्तकालय आदीको व्यवस्था गरिने बताउनु भएको छ । साथै फरक क्षमता भएका तथा आर्थिक र सामाजिक रुपमा पछाडी परेका समुदायबाट आउने विद्यार्थिहरुलाई विशेष विद्यालय र

आवासिय छात्रवृत्तिको व्यवस्था गरिने मेयरका प्रत्यासी भण्डारीको भनाई थियो । शिक्षा विकासको लागि पनौती काग्रेसले प्राविधिक शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउने तथा १२ कक्षाको अन्तिम परिक्षामा सहभागि भएका युवाहरुलाई लक्षित गरि तरुण सीपवृत्ति योजना अन्तर्गत स्थानीय प्रशासनमा इन्टर्नसीप गर्ने कार्यक्रम ल्याउने जनाएको छ । आफु मेयरमा विजयी भएमा गुणस्तरीय शिक्षालाई प्राथमिकता दिएर कार्यक्रम लागु गर्ने बताउदै मेयरका प्रत्यासी भण्डारी भन्नुहुन्छ– पनौती नगरपालिकामा पाच वर्षको अवधिमा नमुना विद्यालयको संख्या पाँच नै पु-याइने छ ।

आफ्नो नेतृत्वको स्थानीय सरकारले पनौती नगरमा कक्षा १२ सम्म विज्ञान विषय पढ्नेलाई निशुल्क पठनपाठनको व्यवस्था मिलाइने तथा वार्षिक तीन जना एमबिबिएस, पाच जना इन्जिनियर र पाँच जना स्टाफ नर्स पढ्नको लागि छात्रवृत्ति उपलब्ध गराइने मेयरका प्रत्यासी भण्डारी बताउनुहुन्छ । पनौती नगरका प्रत्येक वडाबाट कम्तिमा दुई-दुई जना विद्यार्थिलाई कृषि र भेटेरेनरि जुनियर टेक्निसियनको निशुल्क तालिम दिई मध्यम स्तरको जनशक्ति उतपादन गरिने उहाँको भनाई छ ।

माध्यामीक तहको विद्यालय सुधार योजना अन्तर्गत विषयगत शिक्षकहरुको अभावलाई पुर्ति गर्ने गरि दरबन्दीको व्यवस्था गरिने भन्दै भण्डारीले एक टोल एक शिशु विकास केन्द्र कार्यक्रम सञ्चालन गरि न्युन र मध्यम आय भएका परिवारका शिशुहरुको प्रारम्भिक शिक्षालाई पनि सहज बनाईने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्