भेरी नगरपालिकाको आम्दानी बृद्धिका लागि साना तथा मझौला उद्योगको स्थापना गर्ने प्रतिबद्धता

स्थानीय तह निर्वाचन



जाजरकोट ।

सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)बाट भेरी नगरपालिकाको मेयरका उम्मेदवार कमानबहादुर खड्काले प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । आज (मंगलबार) खड्काले एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

‘आफ्नो नगर आफै बनाऔँ, कलम चिन्हमा मतदान गरौँ,’ ‘भेरी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)लाई विजयी गराऔँ’ भन्ने नाराका साथ खड्काले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

प्रतिबद्धतापत्रमा उनले जनतानिकट स्थानीय सरकार भएकालेले उनीहरूको दैनिकीसँग जोडिएका समस्याको सामाधान गर्न उक्त सरकार प्रतिबद्ध हुनुपर्ने जोड दिएका छन् । स्थानीय जनताका लागि महत्वपूर्ण विकास, भौतिक पूर्वाधारको निर्माण र त्यसको आवश्यकता प्रतिनिधिहरूले बुझ्नुपर्ने जोड दिएका छन् । यद्यपि आफूले जोड दिएको कुराप्रति यसअघि (२०७४)को स्थानीय तह निर्वाचनमा निर्वाचित भेरी नगरपालिकाका जनप्रतिनिधिहरूले बेवास्ता गरेको आरोप लगाएका छन् ।

त्यसैगरी मेयरका उम्मेदवार खड्काले स्थानीय सरकारलाई सेवकको रूपमा काम गर्ने पहल आफ्नो पार्टीले सुरु गरेको प्रतिबद्धतापत्रमै जिकिर गरेका छन् । गत निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको शासनशैली, नातावाद, अनियमितता तथा भ्रष्टाचारमा लिप्त र फितलो प्रशासनिक अपरिपक्व नेतृत्वका कारण जनतामा नैराश्यता र विश्वास गुम्दै गएको खड्काले आरोपसमेत लगाएका छन् । जनताको माध्यमबाट पदमा पुगेर राजनीतिलाई कमाइ खाने भाडो बनाएको खड्को आरोप छ ।

राजनीतिलाई उनले कमाइ खाने भाडो नभएर जनताको सेवाको संज्ञा दिएका छन् । केही कुपात्रका कारण राजनीति धमिलो भएको उनको ठहर छ । यद्यपि आफूले राजनीलाई कमाइ खाने भाडोको रूपमा नभइ जनताको सेवक बन्नका लागि भेरी नगरपालिकाको मेयरको उम्मेदवारी दिएको प्रष्ट पारेका छन् । तत्कालीन नेकपा (एमाले)भित्रको चरम गुटबन्दीका कारण अघिल्लो चुनावमा टिकट नदिएको भन्दै खड्काले असन्तुष्टि जनाएका छन् ।

खड्काले ११ वटा शीर्षकमा आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । जसअन्तर्गत उनले समाजवादको आश– जनताको आर्थिक विकास शीर्षमा भेरी नगरपालिकाको विकास र जनताको आयस्तर उकास्न ८ वटा बुँदा समेटेका छन् । सुशी हुन्छ मन– प्रमुख आधार पर्यटन अन्तर्गत ९ वटा बुँदामा पालिकाको पर्यटन प्रवद्र्धनलाई लक्षित गरेका छन् । समाजवादको तयारी– शिक्षा स्वास्थ्य रोजगारी शिक्षा शीर्षमा ९ वटा बुँदामा नगरको शिक्षा, स्वास्थ्यको प्राथमिकतालाई समेटेका छन् ।

११ बुँदाको स्वास्थ्य शीर्षकमा खड्काले पालिका भित्रका अस्पताल र वैदिक योगा चिकित्सालाई पनि समेट्ने प्रतिबद्धता गरेका छन् । श्रम तथा रोजगारअन्तर्गत ६ बटा बुँदामा पालिकाभित्रै रोजगारी सिर्जना गर्ने कुरामा उनको विशेष जोड छ् ।

नगरबासीका लागि उनले नगरबासीको आश–जनमूखी पूर्वाधार विकास, वन तथा वातावरण संरक्षण, विपद व्यवस्थापन, पानी व्यवस्थापन, सामाजिक सुरक्षा तथा समावेशी विकास, संस्थागत विकास सुशासन तथा व्यवस्थापनका आदि समेटेर आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् ।

भेरी नगरपालिकाको मेयरका उम्मेदवार कमानबहादुर खड्का युवा पुस्ताका लोकपप्रिय एवम् स्वच्छ छवि भएका नेता हुन् । उनले मुलुकका विभिन्न देशमा भ्रमण गरेका छन् भने जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थामा आफ्नो वर्चस्व कायम गररिसकेका छन् । त्यस्तै उनले पार्टीको नेतृत्वदायी भूमिका सक्रिय रूपमा निर्वाह गर्दै आएका छन्् । खड्का नेकपा (एकीकृत समाजवादी) जाजरकोटका अध्यक्ष हुन् ।

हेर्नुहोस् प्रतिबद्धतापत्र :

प्रतिक्रिया दिनुहोस्