धादिङ ।
नेकपा (एमाले)का गल्छी गाउँपालिका वडा नम्बर–६ का वडा अध्यक्षका उम्मेदवार राजकुमार रिमालले गल्छी गाउँपालिका वडा नम्बर-६ रैकर, माझिलोसे, बराडाँडा, माझिखेत, अम्वोटे, भट्टटारमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
घरदैलो कार्यक्रममा एमाले गल्छीका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा रहेको थियो । यसै गरी गल्छी गाउँपालिका अध्यक्षका उम्मेदवार केदार खतिवडा, उपाध्यक्ष राधा तिमिल्सिना, वडा नम्बर-४ का अध्यक्ष जयराम अधिकारी सहितको टोलीले गल्छी गाउँपालिकाको वडा नम्बर-४ को चिन्नेखर्कमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । टोलीको अगुवाईमा एमालेका गल्छी इन्चार्ज नरेश खतिवडाले गर्नु भएको थियो ।
यसैगरि घरदैलो कार्यक्रमको क्रममा गल्छी गाउँपालिका वडा नम्बर–२ को कोशीखोला क्षेत्रमा समेत घरदैलो गरिएको छ ।
प्रतिक्रिया