स्वास्थ्यमन्त्री खतिवडा आचारसंहिताविपरीत चुनावी कार्यक्रममा, निर्वाचन आयोग मौन



हेटौंडा ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा निर्वाचन आचारसंहिताविपरीत पार्टीको चुनावी कार्यक्रममा सहभागी भएका छन् । सत्तारुढ गठबन्धनको हेटौंडा उपमहानगरपालिकाको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा मन्त्री खतिवडा पार्टीको चुनावी कार्यक्रममा सहभागी भएका हुन् ।

निर्वाचन आचारसंहिताविपरीत सरकारी गाडी र सुरक्षाकर्मीसहित गठबन्धनद्धारा आयोजित कार्यक्रममा मन्त्री खतिवडा सहभागी भएका छन् । कार्यक्रममा सहभागी भएका उनले आफू मन्त्रीको हैसियतले नभइ नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको हैसियतले सहभागी भएको बताए ।

मन्त्री वा सार्वजनिक पदधारण गरेका व्यक्तिलाई कुनै उम्मेदवार वा दल विशेषको पक्ष वा विपक्षमा प्रचार-प्रसार गर्न आचारसंहिताले रोक लगाएको छ । यद्यपि यस विषयमा हामीले प्रश्न गर्दा मन्त्री खतिवडाले आफूले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई लिखित जानकारी गराएरको बताए ।

प्रतिक्रिया दिनुहोस्