बालेन शाहमाथि केशव स्थापितको चुनावीबेगर प्रश्न- खिचापोखरी भनेको के हो ?

स्थानीय तह निर्वाचन

0
Shares

काठमाडौं ।

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले)बाट काठमाडौं महानगर प्रमुखका उम्मेदवार केशव स्थापितले अर्का स्वतन्त्र उम्मेदवार बालेन शाहलाई चुनावीबेगर प्रश्न गरेको बताएका छन् । स्थापितले बालेनसँगको भेटमा आफूले यस्तो प्रश्न गरेको बताएका हुन् ।

आज (मंगलबार) चुनावी प्रचार–प्रसारको क्रममा आफू र बालेनबीच भेट भएको स्थापितले बताए । भेटमा बालेनलाई आफूले खिचापोखरी भनेको के हो भनेर प्रश्न गरेको बतएका छन् ।

उनले भने, ‘खिचापोखरी भनेको के हो ? खिचा भनेको कुकुरजस्तो लागेको थियो कुकुरपोखरी होला भन्छ,’ स्थापितले भने, ‘खे भनेको मुहार हो साथी । चा भनेको धुने हो । यति बुझेर आऊ भनेको हो ।’ यति पनि थाहा नहुनेले ठूला कुरा नगरौं भन्ने आफूले आग्रह गरेको उनले बताए ।