चुनावी गठबन्धनका विराेधी कोइराला गठबन्धनको पक्षमा, पार्टीको निर्णय अस्विकारे कारबाहीको चेतावनी

0
Shares

काठमाडौँ ।

सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला विगतदेखि नै पाँच दलीय गठबन्धनको विपक्षमा उभिँदै आएका थिए । कोइरालाले पार्टीका विभिन्न सार्वजनिक कार्यक्रममा गठबन्धन विरोधी अभिव्यक्ति पनि नदिएका होइनन् ।

तथापि स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै नेता कोइरालाको बोलि फेरिएको छ । पाँच दलीय सत्ता गठबन्धनले चुनावी गठबन्धन गरे पश्चात् पनि कोइरालाले विरोध गर्दै आएका थिए ।

तर मोरङको सुन्दरहरैंचा नगरपालिकाका उम्मेदवारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता कोइरालाले पार्टीभित्र आन्तरिक रूपमा आफ्ना विचार भए पनि पार्टीको निर्णलाई मान्नुपर्ने बताएका छन् । सुन्दरहरैंचाका कतिपय वडामा आफ्नै पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवार प्रस्तुत भएको बताउँदै यस्ता उम्मेदवारलाई पार्टीले कारबाही गर्ने बताए ।

कोइरालाले ‘काँग्रेसको विधानमै स्पष्ट रूपमा उल्लेख रहेको छ, बागी उम्मेदवारका साथै समर्थक र प्रस्तावकलाई कारबाही गर्ने भन्ने, पार्टीले त्यसैअनुसार कारबाही गर्छ । उनले भने, ‘जो ती उम्मेदवारको पछि लाग्छ उनीहरूलाई नि नोटिसमा राख्नुपर्छ ।’

त्यस्तै नेता कोइरालाले सुन्दरहरैंचामा पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी गराउन नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।