चुनावी प्रचार-प्रसारमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप

स्थानीय तह निर्वाचन



सोलुखुम्बु ।

सोलुखुम्बुमा सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताहरूबीच झडप भएको छ । चुनावी प्रचार-प्रसारको क्रममा ती दुई दलबीच आपसमा झडप भएको हो ।

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर-१ नेलेमा हिजो (सोमबार) साझ झडप भएको थियो । झडपमा परि कांग्रेस वडा सभापति चुडाबहादुर बस्नेत, सचिव मिलन खत्री र दिपक सुनुवार घाईते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घाइतेहरूको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ । घाइते सभापति बस्नेतको टाउकोमा, अन्यको खुट्टमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिल जंग शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्