विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा इन्जाले पोल्टा डे एस्ते, उरुग्वे घोषणापत्र जारी गर्ने

0
Shares

काठमाडौं ।

आज विश्व प्रेस स्वतन्त्रता दिवस, पत्रकारहरुको सुरक्षा, वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दबाबमुलक कार्यक्रम गरि आज विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ ।

स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइन्छ । त्यस्तै उक्त दिवसकै अवसरमा नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल इन्जाले पनि संसारभरी छरिएर रहेका सञ्चारकर्मीहरूलाई शुभकामना व्यक्त गरेको छ ।

सञ्चारकर्मीलाई शुभकामना व्यक्त गर्दै इन्जाले मुलुकका सरकारहरू प्रेस जगतप्रति अनुदार हुँदा जनताको सूचना पाउने मौलिक हक कुन्ठित भएको ठहर गरेको छ । चौथो अंगको रूपमा रहेको सञ्चारले निर्वाध रूपमा अभिब्यक्ति स्वतन्त्रतामार्फत समाजलाई योगदान दिन नसकेको हुँदा यतातर्फ इन्जाले विश्वका सरकारहरुको ध्यानाकर्षणसमेत गराएको छ ।

इन्जाका अध्यक्ष गुणराज लुइटेलले यस पटक चारवटा महत्वपूर्ण सेसनबाट पोल्टा डे एस्ते, उरुग्वे घोषणापत्र जारी गर्ने बताएका छन् ।