खुकुरी प्रहारबाट वडा सदस्यका उम्मेदवार गम्भीर घाइते



बैतडी ।

बैतडीमा खुकुरी प्रहारबाट गठबन्धनबाट वडा सदस्यका उम्मेदवार गम्भीर घाइते भएका छन् । डिलाशैनी गाउँपालिका वडा नं-५ का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि खुकुरी प्रहार भएको हो ।

नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार साउँदलाई गएराति १० बजे आफ्नै एक घरबाट अर्को घरमा जाने क्रममा बीचबाटोमा अज्ञात समूहले खुकुरी प्रहार गरेको बताइएको छ । खुकुरी प्रहारबाट घाइते भएका साउँदको टाउको, हात, मुखमा चोट लागेको छ ।

खुकुरी प्रहारबाट घाइते भएका साउँदलाई गोकुलेश्वर अस्पतालमा उपचार हुन ससकेपछि धनगढी रेफर गरिएको छ ।

घटनाका बिषयमा प्रारम्भिक जानकारी आएको र थप बुझ्ने काम भईरहेको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । घटनास्थलमा प्रहरी टोली खटिएको छ

प्रतिक्रिया दिनुहोस्