मंगलबार सार्वजनिक बिदा



काठमाडौं ।

इस्लाम धर्मावलम्बीले मनाउने इदुलफित्रमा सरकारले सार्वजनिक विदा दिने भएको छ । मुस्लिम आयोगले सिफारिस गरे अनुसार सरकारले इदुलफित्रको विदा दिने निर्णय भएको हो ।

इस्लाम धर्मावलम्बीले मंगलवार इदुलफित्र मनाउने भएका छन् । गत चैत २० गतेदेखि सुरु भएको रमजान आज सम्पन्न हुँदैछ ।

एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदायका व्यक्तिहरु दिनमा निराहार बस्छन् । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि भोजन लिने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्