शान्ति सुरक्षा सबल र सुदृढ बन्ने गृहमन्त्री खाणको अपेक्षा



काठमाडौं ।

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले गृहमन्त्री बालकृष्ण खाणसङ्ग शुभकामना लिनु भएको छ । सोमबार दिउँसो गृह मन्त्रालयमा आएर दुवै महानिरीक्षकले शुभकामना लिनुभएको हो ।

भेटमा गृहमन्त्री खाणले दुबै महानिरीक्षकहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । दुवैको कार्यकालमा मुलुकको शान्ति सुरक्षा सबल र सुदृढ बन्ने अपेक्षा सरकारको रहेको गृहमन्त्री खाणको भनाइ थियो ।

उहाँले ३० बैशाखमा सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचन स्वच्छ, निश्पक्ष र धाधलीरहित रूपमा सम्पन्न गर्न लाग्न पनि निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्