विवादास्पद अभिव्यक्ति दिने स्थापित निर्वाचन अयोगको स्पष्टिकरणमा



काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बाट काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ । एक सार्वजनिक कार्यक्रममा सवाल जवाफको क्रममा प्रश्नकर्तालाई लक्षित गर्दै स्थापितले दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर आयोगले स्पष्टिकरण सोधेको हो ।

मेयरका उम्मेदवार स्थापितलाई २४ घण्टाभित्रै स्पष्टिकरण दिन आयोगले भनेको छ । कार्यक्रममा यौन दुव्र्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्तिप्रति आयोगले स्पष्टिकरण दिन भनेको हो ।

स्थापितले वैशाख १५ गते एक सार्वजनिक कार्यक्रममा प्रश्नकर्तालाई ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए ।

त्यस्तै विभिन्न गैरसरकारी संघ–संस्थाले पनि एमाले उमेदवार स्थापितको उमेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगलाई स्पष्टीकरण सोध्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्