एमाले बागी उम्मेदवारलाई पार्टीबाटै निस्कासन

स्थानीय तह निर्वाचन

0
Shares

काठमाडौं ।

रुपन्देहीमा प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिनेहरूलाई पार्टीबाटै निस्कासन गरेको छ । पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएको भन्दै उनीहरुलाई पार्टीबाटै निस्कासन गरेको हो ।

जिल्लाका १५ जनालाई साधारण सदस्यसमेत नरहने गरी एमालेले निस्कासन गरेको छ । एमाले रुपन्देहीले आज (सोमबार) विज्ञप्ति जारी गर्दै पार्टीको निर्णयविरुद्ध जाने जो कोहि पनि पार्टीको सदस्य बन्न नसक्ने भन्दै उनीहरुका कुनै पनि भ्रममा नपरी पार्टीका आधिकारिक उम्मेदवारहरुको पक्षमा लाग्न आग्रह गरेको छ ।

एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीले निकालेको विज्ञप्तिमा पार्टी निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका १५ जना सदस्यहरुलाई आजका मितिदेखि नै लागू हुने गरी साधारण सदस्यसमेत नरहने गरेर सबै जिम्मेवारीबाट निस्कासन गरिएको उल्लेख गरिएको छ ।