बाबुराम भट्टाईको क्षेत्र गोरखा पालुङटार नगरपालिकाका कांग्रेसका सबै उम्मेदवारको सामूहिक राजीनमा

स्थानीय तह निर्वाचन

0
Shares

काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको क्षेत्र गोरखा पालुङटार नगरपालिकाको कांग्रेसका सबै उम्मेदवारले सामूहिक राजीनामा दिएका छन् । केन्द्रले गोरखामा जसपालाई नेतृत्व दिने गरी परिपत्र गरेर उम्मेदवारी फिर्ता गराएपछि कांग्रेसका उम्मेदवारहरुले सामूहिक राजीनामा दिएका हुन् ।

नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित वडा सदस्य र दुई खुला वडा सदस्य गरी १० वटै वडाबाट उनीहरूले उम्मेदवारी दर्ता गराएका थिए ।

सभापति शेरबहादुर देउवालाई जसपा संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले दबाब दिएका कारण देउवाको दबाबमा उम्मेदवार फिर्ता गराइएको उनीहरूको भनाई छ ।

कांग्रेसबाट उम्मेदवार भएका ५२ जनाले सामूहिक राजीनामा दिएका छन् ।