बागी उम्मेदवारी फिर्ता लिन माओवादी केन्द्र बागमती प्रदेशको निर्देशन

स्थानीय तह निर्वाचन



काठमाडौं ।

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीले भोलि (सोमबार) साँझ ५ बजेसम्म बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । स्थानीय तह निर्वाचनमा पार्टीबाट बागी उम्मेदवारी दिएकालाई सोमबार ५ बजेसम्म उम्मेदवारी फिर्ता गर्न समय दिएको हो ।

पाँच दलीय गठबन्धनको निर्णयविरुद्ध बागी उम्मेदवारी दिनेले उम्मेदवारी फिर्ता नगरेमा पार्टीको विधान र बागमती प्रदेश कमिटीको निर्वाचन निर्देशिका २०७९ अनुसार कारबाही गर्ने माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले विज्ञप्ति जारी गर्दै चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्