आयल निगमको नयाँ मूल्यसूची : १५ दिनमा ५ अर्ब १९ करोड घाटा



काठमाडौं ।

नेपाल आयल निगमले प्राप्त गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा २३.०२ रुपैयाँ घाटा रहेको जनाएको छ ।

आज (आइतबार) विज्ञप्ति जारी गर्दै निगमले नयाँ मूल्य सूचीअनुसार डिजेलमा ४०.१३ रुपैयाँ तथा एलपी ग्यासमा १,०५०.१८ रुपैयाँ घाटा रहेको जनाएको हो ।

तर मट्टितेलमा २.८१ रुपैयाँ तथा हवाई इन्धन (बाह्यतर्फ) ६४.६९ तथा हवाई इन्धन (आन्तरिकतर्फ) १२.६४ रुपैयाँ नाफा रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्