कांग्रेसका ६ सय २३ उम्मेदवारको मनोनयन फिर्ता

0
Shares

काठमाडौं ।

प्रमुख सात्ता साझेदार दल नेपाली कांग्रेसका ६२३ जना उमेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा सबैभन्दा धेरै वडा सदस्यहरू छन् ।

सबैभन्दा धेरै वडा सदस्यहरूमा मनोनयन दर्ता गराएकाहरूले उमेदवारी फिर्ता लिएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

प्रवक्ता महतकाअनुसार तीनजना नगर प्रमुखका उमेदवारले मनोनयन फिर्ता लिएका छन् भने नगर उपप्रमु १७, गाउँपालिका अध्यक्षतर्फ १० तथा उपाध्यक्ष १९ जनाले उमेदवारी फिर्ता लिएका छन् ।

वडाध्यक्षतर्फ ८९, महिला सदस्यतर्फ ९९ तथा दलित महिला सदस्यतर्फ ११२ जनाले उमेदवारी फिर्ता लिएछन् भने दुई खुला सदस्यतर्फ २७४ जनाले उमेदवारी फिर्ता लिएका छन् ।