निर्वाचन आयोग आक्रमक बन्दै : अधिकृतलाई धम्काएको आरोपमा अटेरी समूहका एक जना पक्राउ



पोखरा ।

मुख्य निर्वाचन अधिकृतलाई धम्काएको आरोपमा वैकल्पिक युवा संगठनका महासचिव अशोक खड्का पक्राउ परेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको उजुरीका आधारमा खड्का पक्राउ परेका हुन् ।

खड्कालाई निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अनुसार कारबाही गर्न माग गरेको छ । उक्त ऐनको दफा २० को उपदफा १ (घ) अनुसार कारबाही हुने भएको छ ।

खड्काले निर्वाचन अधिकृतलाई धाक, धम्की र त्रास देखाउने गरी शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि प्रदर्शन गरेको भिडिओ फेसबुकमा राखेका छन् ।

अटेरी अभियानमार्फत स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले शनिबार पाएको लौरो चुनाव चिन्ह खोसिएको भन्दै विरोधमा खड्का सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्