माओवादी केन्द्र गोरखा भिमसेन थापा गाउँपालिकाका उम्मेदवारहरू मतदाता भेटघाट कार्यक्रममा

स्थानीय तह निर्वाचन



गोरखा ।

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का भिमसेन थापा गाउँपालिकाका उम्मेदवारहरूको मतदाता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै मतदाता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

माओवादी केन्द्र भिमसेन थापा गाउँपालिकाका उम्मेदवारहरूले काठमाडौंमा रहेका आफ्ना मतदाताहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् । उम्मेदवारले आगामी योजना र विकास निर्माण सम्बन्धि आफ्ना साझा धारणासमेत प्रस्तुत गरेका हुन् ।

कार्यकर्ताहरूलाई समयमै जनता माझ गएर मतदाताहरूलाई माओवादी केन्द्रको एजेन्डा र माओवादी आन्दोलनले स्थापित गरेका उपलब्धिहरुको बारेमा स्पष्ट पार्न आग्रह गरिएको छ । भिमसेन थापा गाउँपलिकामा मात्रै नभएर माओवादी केन्द्रका देशैभरीका उम्मेदवारहरूलाई हार्ने छुट नभएको उक्त गाउँपालिकाको अध्यक्षका उम्मेदवार लोकप्रसाद बञ्जाराले बताए ।

कार्यक्रममा अध्यक्षका उम्मेदवार बञ्जरासहित ८ वटै वडाका अध्यक्षका उम्मेदवारको समेत उपस्थिति थियो । सो कार्यक्रममा काठमाडौंमा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्