निर्वाचन आयोगको चेतावनी : सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना पोष्ट गर्नेलाई कारबाही



काठमाडौं ।

उम्मेदवार तथा राजनीतिक दलहरूलाई मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई निर्वाचन आयोगले कारबाही गर्ने चेतावनी दिएको छ । विभिन्न सामाजिक सञ्जालको माध्यमबाट मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति पोष्ट भइरहेको भन्दै आयोगले यस्ता काम रोक्न चेतावनी दिएको हो ।

यद्यपि यस्तो कार्य नरोकिए निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन कसुर ऐन र प्रचलित कानुन अनुसार कारबाही गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्